२ पुस २०८२, बुधबार | December 18, 2025

प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा



काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका हुन् ।

दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।

‘कांग्रेस संसदको ठूलो दल भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्दा उचित हुने प्रस्ताव नेता सिंहले राख्नुभएको थियो । तर प्रचण्डले देउवाले पहिले नै गठबन्धन सरकारको नेतृत्व गरिसकेकाले अहिले आफूले पाउनुपर्ने अडान राख्नु भो,’ उनले भने, ‘प्रचण्डको त्यही सन्देश लिएर नेता सिंहले प्रधानमन्त्री देउवासँग बालुवाटार पुगि सक्नुभयो ।’

प्रचण्डलाई भेटेलगत्तै नेता सिंह सिधै बालुवाटार पुगेका थिए । कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १२ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल