२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जमानत बचाउन नसकेको नेपालगन्जमा कांग्रेसले सम्झ्यो कृष्णप्रसाद भट्टराई



नेपालगन्ज । पार्टीको पूर्व सभापति एवं प्रधानमन्त्री सुशिल कोईरालाको गृह जिल्ला तथा गृह नगर भएरपनि निर्वाचनमा जमानत बचाउन नसकेको नेपाली कांग्रेसले काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको भने सम्झना गरेको छ । स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालय नेपालगञ्जमा स्वर्गीय भट्टराईको ब्यक्तित्वमाथि आज नेपालगञ्जमा चर्चा गर्दै स्व. भट्टराईको स्मरण गरेको हो ।

भट्टराईको ब्यक्तित्वको विषयमा आयोजित विचार गोष्ठीमा बक्ताहरुले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनको अनुकरणीय ब्यक्तित्वमाथि चर्चा गरेका थिए । स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताको पहिचान बनाएका भट्टराईले देखाएको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता र त्यागको मार्गदर्शनलाई अंगाल्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुको भनाई छ ।

कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व जिल्ला सभापति एवम् राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशसभा सदस्य सुशीला बादी नेपाली, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायतले स्वर्गीय भट्टराईको बहुआयामिक व्यक्तित्वका विषयमा धारणा राखेका थिए ।

सन्त नेताको पहिचान बनाएका स्वर्गीय भट्टराई प्रजातन्त्रप्रतिको निष्ठाबाट अबिचलित अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरु मध्येका एक हुन् । उनी दुई पटक प्रधानमन्त्री बनेपनि उनीमाथि कसैले प्रश्न उठाउन सकेनन् ।

२०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट पार्टी भित्रकै अन्तर्घातका कारण चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको विषयलाई धेरैले स्मरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ४७ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न