१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !



बेइजिङ । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड-१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न  आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्।

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू संक्रमित भएका छन् ।

चौतर्फी विरोधपछि चीनले केही दिनअघि शून्यकोभिड नीति अन्त्य गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ३६ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।