२ भदौ २०८३, मंगलबार | August 18, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ।

नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्न सत्तारुढ दलहरुबीच आज पनि बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति खोजिने बताइएको छ । गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान छलफल भएको थियो।

हिजो साँझ पनि गठबन्धनको बैठक बसेको थियो । तर, पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि सो बैठक बिनानिष्कर्ष सकिएको थियो।

बैठक बस्नुअघि देउवाले आफु निकट नेताहरुसँग छलफल गरेका थिए । कांग्रेसका नेताहरुले पहिलो चरणमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिन नहुने अडान राखेका थिए । यस्तै, आजै बिहान प्रचण्डले माओवादीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । उनीहरुले पनि कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद सँगै दिन नसक्ने अडान राख्न प्रचण्डलाई सुझाव दिएका थिए ।

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ३३ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार