२ पुस २०८२, बुधबार | December 17, 2025

बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ।

नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्न सत्तारुढ दलहरुबीच आज पनि बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति खोजिने बताइएको छ । गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान छलफल भएको थियो।

हिजो साँझ पनि गठबन्धनको बैठक बसेको थियो । तर, पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि सो बैठक बिनानिष्कर्ष सकिएको थियो।

बैठक बस्नुअघि देउवाले आफु निकट नेताहरुसँग छलफल गरेका थिए । कांग्रेसका नेताहरुले पहिलो चरणमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिन नहुने अडान राखेका थिए । यस्तै, आजै बिहान प्रचण्डले माओवादीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । उनीहरुले पनि कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद सँगै दिन नसक्ने अडान राख्न प्रचण्डलाई सुझाव दिएका थिए ।

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ३३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर