१४ चैत्र २०८२, शनिबार | March 28, 2026

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी



काठमाडौं । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो ।

नेकपाभित्रको विवादले ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपाभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुनर्र्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टीभित्रबाट ओलीलाई कारबाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष चल्यो । र अन्ततः संसद पुनरर््थापित भयो भने एमाले विघटन भई एमाले र माओवादी केन्द्र ब्यूँतियो । साथै एमाले विभाजन भयो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको कारक थियो- ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु । ठिक आइतबार उनै ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
सात दलको सहमतिमा प्रचण्ड प्रधानमन्त्री बन्दै छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : २६ बजे

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)