५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्डसहितका नेताहरु राष्ट्रपति कार्यालयमा



काठमाडौं । नयाँ सरकार निर्माणमा दावी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन् । यी सबै दलका १६६ जना सांसदसहितको समर्थन बोकेर एमाले अध्यक्ष केपीशर्मा ओलीसहित प्रचण्ड शीलत निवास पुगेकाहुन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । बहुमत सांसदहरुको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भैसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन ।

राष्ट्रपति कार्यालयबाट प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति आजै आउने बताइएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ४६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र