२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्डसहितका नेताहरु राष्ट्रपति कार्यालयमा



काठमाडौं । नयाँ सरकार निर्माणमा दावी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन् । यी सबै दलका १६६ जना सांसदसहितको समर्थन बोकेर एमाले अध्यक्ष केपीशर्मा ओलीसहित प्रचण्ड शीलत निवास पुगेकाहुन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । बहुमत सांसदहरुको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भैसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन ।

राष्ट्रपति कार्यालयबाट प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति आजै आउने बताइएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ४६ बजे

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी