५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रपति समक्ष प्रचण्डले गरे प्रधानमन्त्रीमा दाबी पेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार निर्माणमा दावी पेश गरेका छन् ।

एमाले अध्यक्ष केपीशर्मा ओलीसहितका नेताहरुको साथलिएर सात दलको समर्थनसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रचण्डले आफुलाई समर्थन गरेका पार्टीको पत्र राष्ट्रपतिलाई बुझाएका छन् ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन् । यी सबै दलका १६६ जना सांसदसहितको समर्थन बोकेर एमाले अध्यक्ष केपीशर्मा ओलीसहित प्रचण्ड शीलत निवास पुगेका हुन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : २९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन