२ श्रावण २०८३, शनिबार | July 18, 2026

राष्ट्रपति समक्ष प्रचण्डले गरे प्रधानमन्त्रीमा दाबी पेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार निर्माणमा दावी पेश गरेका छन् ।

एमाले अध्यक्ष केपीशर्मा ओलीसहितका नेताहरुको साथलिएर सात दलको समर्थनसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रचण्डले आफुलाई समर्थन गरेका पार्टीको पत्र राष्ट्रपतिलाई बुझाएका छन् ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन् । यी सबै दलका १६६ जना सांसदसहितको समर्थन बोकेर एमाले अध्यक्ष केपीशर्मा ओलीसहित प्रचण्ड शीलत निवास पुगेका हुन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : २९ बजे

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी