४ आश्विन २०८३, आइतबार | September 20, 2026

सुनचाँदी व्यवसायी संघद्वारा रक्तदान सम्पन्न



बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०६ युनिट रगत संकलन भएको जनाइएका छन् ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायी संघले व्यवसायीक हकहितका लागि मात्र आफ्नो गतिविधि सामाजिक उत्तरदायीत्व पुरा गर्नेतर्फ पनि प्रतिवद्ध भएको यस कार्यक्रमले स्पष्ट पारेको बताए । उनले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा व्यवसायीहरुले पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए ।

संघका अध्यक्ष गोकुल विश्वकर्माले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै व्यवसायीक हकहितका लागि एक भएर लाग्न आग्रह गरेका थिए । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया सिलवालले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै रक्तदान कार्यक्रमलाई नियमित बनाउने तर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सुनचादी व्यवसायी संघका लुम्बिनी प्रदेश सचिव हरि विक लगायत बोल्दै मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु धारणा राखेका थिए ।

संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रेमबहादुर सुनारले र सञ्चालन संघका सचिव चुरामणी विकले गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ५० बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी