३ पुस २०८२, बिहिबार | December 18, 2025

महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित, धमाधम काम रोक्दै विदेशी सहायता समूह



काबुल । तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर-सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् ।

केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “हाम्रा महिला कर्मचारी बिना“ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ।
अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ ।

तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो।

यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए ।

तालिबानले तत्काल प्रतिबन्धको पालना नगर्ने कुनै पनि संगठनको इजाजतपत्र रद्द गर्ने धम्की दिएको छ ।
 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : १३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका