४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीको सपथअघि सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् गठनबारे निर्णय हुने



काठमाडौं । बिहान ११ बजे संघीय संसद भवनमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथअघि नै गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरिएको छ ।

अपरान्ह ४ बजे प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन् । ११ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने भएको छ। यस्तै माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

अन्तिम समयमा नयाँ गठबन्धन बनेकाले नयाँ सरकारका लागि प्रधानमन्त्रीबाहेक अन्य पदमा बाँटफाँट गरिएको छैन । आज बस्नै बैठकले उक्त निर्णय गर्ने बताइएको छ । गठबन्धनको बैठक अघि एमालेको आन्तरिक बैठक पनि बस्दैछ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको