८ चैत्र २०८२, आइतबार | March 22, 2026

‘टुर डे ठाकुरद्धारा’को सचिवालय उद्घाटन



नेपालगन्ज । हरेक वर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको ‘टुर डे ठाकुरद्धारा’ यस वर्ष पनि हुने भएको छ । ‘टुर डे ठाकुरद्धारा’ को ५ औं सस्करण यस वर्ष माघ २७-२८ गते हुने भएको हो ।

आज नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागेको टुर डे ठाकुरद्वारको सचिवालयको उद्घाटन गरेको नेपालगन्ज साइक्लिङ क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले एक समारोहका बिच टुर डे ठाकुरद्वारको सचिवालय उद्घाटन गर्दै कार्यक्रमले बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपालगन्ज साइक्लिङ क्लबको प्रसम्सा गरे । खत्रीले कार्यक्रममा आफू पनि सहभागिता जनाउने प्रतिबद्धता सहित कार्यक्रमलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

क्लबका अध्यक्ष सतिश निरौलाले सचिवालय उद्घाटन संगै अब आफुहरु कार्यक्रमलाई सम्पन्न गर्न भारतिय शहरहरु कस्मिर, मुम्बई, दिल्ली, चन्डिगढ, लुधियाना, बरेली, लखनउ, पन्जाब, नैनिताल लगायतका ठाउँबाट झन्डै ५० बढी सहभागी र नेपालका ७ वटै प्रदेशका सबै शहरबाट गरि १०० बढी र स्थानीय बाके र बर्दियाबाट १०० बढी सहभागी गरि २५० बढी साइक्लिस्टहरुको सहभागिता रहने क्लबका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : १९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा