२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’



नेपालगन्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जबाट सुरु हुन लागेको साइक्लिङ कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगन्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

आगन्तु पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उनले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उनीहरुलाई ती स्थानको जानकारी दिइने बताए । सातौँ संस्करणको रुपमा यही माघ २४ देखि २६ गतेसम्म सो कार्यक्रम हुने छ ।

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएको तथा करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए ।

उनले नेपालगन्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

“टुर दि ठाकुराद्वारा अहिले सबैले चिन्ने छुट्टै ब्रान्ड भएको छ”, उनले भने । यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उनले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए ।

नेपालगन्ज आएलगत्तै सबै पाहुनाका लागि खाना र आवासको प्रबन्ध भएको जानकारी दिँदै अध्यक्ष सापकोटाले माघ २६ गतेसम्म बर्दियाको ठाकुरद्वारामा आवासको व्यवस्थापन भएको बताए । यहाँका सुविधा सम्पन्न रिर्सोटमा पाहुनाका लागि आवासको व्यवस्थापन गरिएको छ । यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि रु तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल रु २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ ।

माघ २४ गते बिहान नेपालगन्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्घाटन गर्ने जनाइएको छ । कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पु¥याउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : २९ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित