९ कार्तिक २०८३, सोमबार | October 26, 2026

‘टुर डे ठाकुरद्धारा’को सचिवालय उद्घाटन



नेपालगन्ज । हरेक वर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको ‘टुर डे ठाकुरद्धारा’ यस वर्ष पनि हुने भएको छ । ‘टुर डे ठाकुरद्धारा’ को ५ औं सस्करण यस वर्ष माघ २७-२८ गते हुने भएको हो ।

आज नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागेको टुर डे ठाकुरद्वारको सचिवालयको उद्घाटन गरेको नेपालगन्ज साइक्लिङ क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले एक समारोहका बिच टुर डे ठाकुरद्वारको सचिवालय उद्घाटन गर्दै कार्यक्रमले बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपालगन्ज साइक्लिङ क्लबको प्रसम्सा गरे । खत्रीले कार्यक्रममा आफू पनि सहभागिता जनाउने प्रतिबद्धता सहित कार्यक्रमलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

क्लबका अध्यक्ष सतिश निरौलाले सचिवालय उद्घाटन संगै अब आफुहरु कार्यक्रमलाई सम्पन्न गर्न भारतिय शहरहरु कस्मिर, मुम्बई, दिल्ली, चन्डिगढ, लुधियाना, बरेली, लखनउ, पन्जाब, नैनिताल लगायतका ठाउँबाट झन्डै ५० बढी सहभागी र नेपालका ७ वटै प्रदेशका सबै शहरबाट गरि १०० बढी र स्थानीय बाके र बर्दियाबाट १०० बढी सहभागी गरि २५० बढी साइक्लिस्टहरुको सहभागिता रहने क्लबका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : १९ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को