१९ असार २०८३, शुक्रबार | July 4, 2026

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरुले पनि लिए शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलोचरणमा ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका तर्फबाट भौतिक पूर्वाधारसहित नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित रवि लामिछाने रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट सरकारमा सहभागी हुन पठाइएका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र जनमत पार्टीबाट पठाइएका अब्दुल खानलाईपनि मन्त्रिपरिषद्मा सहभागी गराएका छन् ।

मन्त्रीहरुको कार्यभार पछि तोकिने बताइएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, मन्त्री ज्वालाकुमारी साहले भने आज शपथ लिइनन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : ४२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०