५ पुस २०८२, शनिबार | December 20, 2025

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरुले पनि लिए शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलोचरणमा ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका तर्फबाट भौतिक पूर्वाधारसहित नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित रवि लामिछाने रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट सरकारमा सहभागी हुन पठाइएका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र जनमत पार्टीबाट पठाइएका अब्दुल खानलाईपनि मन्त्रिपरिषद्मा सहभागी गराएका छन् ।

मन्त्रीहरुको कार्यभार पछि तोकिने बताइएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, मन्त्री ज्वालाकुमारी साहले भने आज शपथ लिइनन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : ४२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र