१९ असार २०८३, शुक्रबार | July 4, 2026

सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै



काठमाडौ । सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरहरूलाई डिजिटलाइज बनाउने भएको छ । बैकले पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ ।

बैकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । अब देखि ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्ष अगाडीनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।

यस्तै सिभिल बैंकको शक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ति स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।

यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफुलहरुलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको शक्रियतामा नेपाल सरकार र राष्ट्रबैंकको डिजिटल नेपाल बनाउने अभियान शाकार हुँदै गएको छ । जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिभिटेडले गरिरहेको छ ।

विभिन्न शहर तथा व्यवशायलाई डिडिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रसंशाा गरे ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् ।

एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ६ : १७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०