१४ माघ २०८२, बुधबार | January 29, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका हुन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उनको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गरे।

यस्तै, प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका हुन्। माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २९ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले