१९ असार २०८३, शुक्रबार | July 4, 2026

चिसो बढेसँगै बेँशी झारिए भेँडीगोठ



लमजुङ । लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन् ।

अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ-आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गंगा घलेले बताए । ४५०० मिटरभन्दा माथि उचाईको जडिबुटी (कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा) खाएका भेडाबाख्रा घलेगाउँको डाँडामा आइपुगेको उनले बताए ।  घलेगाउँको तीनवटा भेँडीगोठ रहेका छन् । अहिले दुईवटा मात्रा झरेका छन् भने अर्को पनि झर्दैछ ।

हिमालको काखमै रहेको ठूले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका  स्थानीयका भेँडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली  पेशाका रुपमा भेँडीगोठलाई लिइन्छ ।

पसगाउँको भेँडीगोठ यतिबेला केही क्युबे-ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०