३ माघ २०८२, शनिबार | January 18, 2026

चिसो बढेसँगै बेँशी झारिए भेँडीगोठ



लमजुङ । लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन् ।

अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ-आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गंगा घलेले बताए । ४५०० मिटरभन्दा माथि उचाईको जडिबुटी (कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा) खाएका भेडाबाख्रा घलेगाउँको डाँडामा आइपुगेको उनले बताए ।  घलेगाउँको तीनवटा भेँडीगोठ रहेका छन् । अहिले दुईवटा मात्रा झरेका छन् भने अर्को पनि झर्दैछ ।

हिमालको काखमै रहेको ठूले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका  स्थानीयका भेँडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली  पेशाका रुपमा भेँडीगोठलाई लिइन्छ ।

पसगाउँको भेँडीगोठ यतिबेला केही क्युबे-ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५१ बजे

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि