२२ भदौ २०८३, सोमबार | September 7, 2026

चलचित्र विकास बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने



काठमाडौं । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने दिनको नियम परिमार्जित गरेको छ ।

सिफारिसका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिनअगावै दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको हो । सोमबार बसेको चलचित्र विकास बोर्डको बैठकले नियमलाई संशोधन गरेको हो ।

बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ(संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ३५ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको