१२ बैशाख २०८३, शनिबार | April 25, 2026

प्रधानमन्त्री प्रचण्डसँग उद्योग परिसङ्घका पदाधिकारीको भेट



नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्डसँग नेपाल उद्योग परिसङ्घले भेटवार्ता गरेको छ ।

अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए

परिसङ्घले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको छ ।

परिसङ्घले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । उनले भने, “मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ । परिसङ्घले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसङ्घलाई धन्यवाद ।”

प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नुमै रहेको र यसका लागि परिसङ्घसँग सरकारले सहकार्य गर्ने बताए ।

“मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौंँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ”, उनले भने ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई परिसङ्घका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, बीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसङ्घ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसङ्घका महानिर्देशक दीपकराज जोशीलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १२ : ४० बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी