१९ असार २०८३, शुक्रबार | July 4, 2026

रुपन्देहीका व्यवसायीको राष्ट्र बैंकमा धर्ना



भैरहवा। बैंकको ब्याजदर बढी भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवासयीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।

रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै व्याजदर एकल विन्दुमा कायम गर, सावा र व्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायिलाइ विस्थापित होइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विरोध जनाएका थिए ।

सिद्धार्थनगर उद्योग वाणिज्यसंघबाट सुरु भएको विरोध र्याली विद्रोही चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाको ऐक्यबद्धता रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : २४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०