२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बागमती प्रदेश कांग्रेस दलको नेतामा बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी



हेटौँडा। कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ । बुधबार हुने दलको नेताको निर्वाचनका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी दर्ता गरेका हुन् ।

लामा केन्द्रीय सदस्य हुन् । बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । उनी यसअघि दलको नेता थिए ।

दुवै सभापति शेरबहादुर देउवा पक्षधर नेता हुन् । बुधबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको समय थियो । उक्त समयमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् । लामाको प्रस्तावकमा अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रस्तावक, उर्मिला केसी नेपाल, तीर्थ लामा र रामकृष्ण चित्रकार समर्थक छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकाले लामालाई दलको नेता बनाउन अहिले कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मदनकृष्ण श्रेष्ठ हेटौंडा पुगेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर हेटौँडामा बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : २० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,