१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश र संघीय सरकारमा सहभागी हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा संघीय सरकारमा सहभागी हुने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा दुबै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए।

सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय भएको उनले बताए।

बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनले बताए ।

सरकारमा सहभागी हुने कि नहुने भन्नेमा पार्टीभित्र ठुलै बहस हुँदै आएको थियो । समर्थक र जनस्तरबाट सरकारमा सहभागी नहुन सुझाव आएपनि अधिकांश नेताहरूले भने सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, पृथ्वी नारायण शाहको तस्बिर अंतिक नोट सार्वजनिक गरिनुपर्ने, सो दिन सार्वजनिक बिदा दिइनुपर्ने, भ्रष्टाचारविरुद्ध विषयमा प्रभावकारी कदम चालिनुपर्नेलगायतका माग पार्टीको रहेको प्रवक्ता श्रेष्ठले बताए ।उनले सर्तसहित सरकारमा सहभागी हुने निर्णय पार्टीले एकमतले गरेको पनि दाबी गरे ।​​

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : १९ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई