९ बैशाख २०८३, बुधबार | April 22, 2026

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु



उज्वेकिस्तान । उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक-१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : ३१ बजे

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी