२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पैचो पसललाई यस वर्षको ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड



काठमाडौं । पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रालीलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।

प्रालीका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ ।

‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यलय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरि बिक्रि गर्ने गरेको छ ।

किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा बिक्रि गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : २४ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर