१७ माघ २०८२, शनिबार | January 31, 2026

रक्तदान गरेर मनायो पैचोले आठौं वार्षिकोत्सव



बुटवल । गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० बढीले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दियो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानीकर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् ।

रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष झै यस वर्षपनि पैचोले रक्तदान गरेर वार्षिक उत्सव मनाएको जनाए ।

सृजनशिल कार्य गरेको भन्दै पैचोले यस अघि राष्ट्रपति युवा पुरस्कार, लुम्बिनी प्रदेश रत्न, ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड लगायतका पुरुसकार तथा पदकबाट विभूषित भइसकेको छ ।

शहरी उपभोक्तालाई उच्च र हिमाली क्षेत्रको ताजा फुलफुल तरकारी उपलब्ध गराउने तथा पहाडी फलफुल र तरकारीलाई प्रशोधन गरि होटल रेसिपी तथा भान्छामा प्रयोग हुने विभिन्न खाद्य उत्पादनहरुको पैचोले उत्पादन तथा बजारिकरण गर्दै आएको छ । पैचोबाट झण्डै ३० हजार किसान लाभान्वित भएका छन् भने ३ सय बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । हरेक वर्षको पुस १५ गते पैचोले वार्षिक उत्सव मनाउँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ०८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक