१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

काठमाडौं फर्कियो नेपथ्य, आज भृकुटीमण्डपमा प्रस्तुति



काठमाडौं । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो ।

नेपथ्यको आज काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।

काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्यक्रममा नेपथ्यको ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने ६ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको टिम छ ।

नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुति काठमाडौं उपत्यकामै दिएको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै छ पटक प्रस्तुत भइसकेको छ । भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरूको आश्रय थलो एवं पुनर्स्थापना केन्द्रहरूमै गएर छ पटक कन्सर्ट गरेको थियो । अघिल्लोपटक राजधानीमा नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।

यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुन लागेको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो । विराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रह्यो ।

शनिवारको प्रस्तुतिका लागि भृकुटीमण्डप मैदानमा मञ्च बनाउने काम धमाधम सुरु भइसकेको छ । शुक्रवार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परीक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुति अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ ।

‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

शुक्रवार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा दिउँसो दुई बजे नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीवन शाखामा स्वागत तथा सम्मान गरिएको थियो । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ३३ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला