३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

प्रदेश १ मा नयाँ सरकार गठनको आह्वान, पुस २४ गते साँझ ५ बजेभित्र दाबी पेश गर्नुपर्ने



विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गरेकाछन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आज आह्वान गरेका हुन् । सरकार गठनका लागि पुस २४ गते आइतबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

प्रदेश १ प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेका कारण दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पुस २४ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान भएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरुबीच गठबन्धनको सरकार बनेका कारण प्रदेश १ मा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ । तर, प्रदेशको नेतृत्व एमाले वा माओवादी कसले गर्ने भन्ने बारे अहिलेसम्म भागवण्डा भएको छैन । एमालेले सरकारको नेतृत्व गरेमा हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन। यस्तै माओवादीको भागमा परेमा इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुनेछन्।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : ५५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका