२० असार २०८३, शनिबार | July 4, 2026

प्रदेश १ मा नयाँ सरकार गठनको आह्वान, पुस २४ गते साँझ ५ बजेभित्र दाबी पेश गर्नुपर्ने



विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गरेकाछन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आज आह्वान गरेका हुन् । सरकार गठनका लागि पुस २४ गते आइतबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

प्रदेश १ प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेका कारण दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पुस २४ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान भएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरुबीच गठबन्धनको सरकार बनेका कारण प्रदेश १ मा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ । तर, प्रदेशको नेतृत्व एमाले वा माओवादी कसले गर्ने भन्ने बारे अहिलेसम्म भागवण्डा भएको छैन । एमालेले सरकारको नेतृत्व गरेमा हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन। यस्तै माओवादीको भागमा परेमा इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुनेछन्।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : ५५ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार