२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास जितेर काम गर्न निर्देशन दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै प्र्रचण्डले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताएका हुन् ।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रचण्डले आफूले गरेको राम्रो कामको प्रचार हुन नसकेको भन्दै मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण करिडोर आफू पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरिएको भएपनि ती माओवादीले गरेका परियोजना भनेर स्थापित गर्न नसकिएको बताएका शर्माले जानकारी दिए

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकामा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए ।

प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न समेत निर्देशन दिए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : १७ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना