६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस



बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो ।

नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

होटलमा आएका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा दौरा सुरुवाल, कोट तथा ढाका टोपीसहित स्वागत गर्ने गरिएको बताउँदै उनले नेपाली संस्कृतिका बारेमा विदेशी पर्यटकहरुलाई समेत जानकारी गराउने गरिएको उनले बताए ।

होटल पौवाको बुटवल शाखामा मात्रै ७० जना कर्मचारीहरु रहेका छन् । यसैगरी रुपन्देहीकै भैरहवा, पाल्पा, गुल्मीको रेसुङ्गा, पोखरा, कपिलवस्तु, दाङकोे घोराही, लमही, धनगढी, जुम्ला गरी ११ वटा शाखा रहेका छन् । शाखा अन्तरगत ४५० बढीलाई रोजगार प्रदान गरिहेको होटल पौवाले स्थापनाकालदेखि नै नेपाली पोशाकमा सजिएर ग्राहकलाई स्वागत तथा सेवा प्रदान गर्ने गरेको भण्डारीले बताए ।

नेपाली उत्पादन तथा परिकारहरुलाई ग्राहक सामु पस्किने गरेको होटलमा ढिडो, आँटो, गुन्द्रुक, मोही तथा साधेका विभिन्न परिकारहरु उपलब्ध गराउने गरेको छ । नेपालको पहाडी जिल्लाहरुमा पाइने औषधिय गुण भएको टिमुरको अचार तथा टिमुरसँग साधेको चिकेन यहाँको मुख्य र आकर्षक परिकारको रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : १७ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले