१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नाबालिग बलात्कार आरोपमा वडाअध्यक्ष प्रहरी नियन्त्रणमा



बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा  जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : ४५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा