७ श्रावण २०८३, बिहिबार | July 23, 2026

खुकुरी प्रहार गरी फरार भएका ४ जनालाई २४ घण्टा नपुग्दै प्रहरीबाट पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जमा दिनदहाडै खुकुरी प्रहार गरि फरार भएकाहरुलाई बाँके प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गर्न सफल भएको छ । हिजो (आइताबर) मध्यान्ह २ बजे नेपालगन्ज ४ गणेशपुरमा खुकुरी प्रहार गरेर फरार भएका ४ जनालाई प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गरेको हो ।

आइतबार मध्यान्ह २ बजे UP 32 EU 8616 नम्बरको कारमा आएर खुकुरी प्रहार गरि फरार भएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापालाई प्रहरीले बाँकेको डुडुवाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुले नेपालगंज उप-महानगरपालिका १२ वस्ने अनुराग शाह, जानकी ३ बस्ने उज्वल शाह र नेपालगंज उप-महानगरपालिका ४ वस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।

घटना भएलगत्तै बाँके प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पु¥याइएको र खुकुरी प्रहार गर्नेहरुको खोजि थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेहरुको पिछा गर्नेक्रममा प्रहरीले उनीहरुले प्रयोग गरेको कार डुडुवा ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा फेला पारेको थियो ।

कार फेलापरेको नजिकैबाट घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी राठौरले बताए । उनले घटनामा प्रयोग भएका २ थान खुकुरी जिल्ला बाँके नेपालगंज ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला परेको समेत जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसनधान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : ०९ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट