३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने



बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ ।

महासंघले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा पौष २० गते अनाथ बालकालिका आश्रमलाई खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने भएको छ । कोही भोकै मर्न नपरोस भन्ने उद्देश्यले खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने कार्यक्र राखिएको उपाध्यक्ष युवराज घतानेले जानकारी दिए ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’- भन्ने मुल नाराकासाथ २०६६ सालमा स्थापना भएको यस संस्थाले पौष २३ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमका संयोक तथा संस्थाका उपाध्यक्ष प्रेम थापा खाम्चाले बताए ।

यसैगरी बुटवलका खेलाडीहरुको मनोबल, प्रतिभा र खेल स्तरलाई वृद्धि गर्ने तथा सामाजिक क्रियाकलापमा समेत संगठनलाई आवद्ध गराउने उद्देश्यका पौष २५ गते ‘प्रथम बटौली ५ हजार मटिर दौड प्रतियोगिता’ गर्ने भएको छ । अन्तर मावि स्तरीय दौड प्रतियोमा योगिकुटीदेखि शुरुभै कालिकानगर, राजमार्ग चौराहा, मिलनचोक (सडक डिभिजन कार्यालय चोक) बाट पुनः राजमार्ग चौराहा, कालिकानगर हुँदै योगिकुटीमै आई समापन गर्नेगरी रुट तय गरिएको छ ।

दौड प्रतियोगितामा प्रथम हुनेले छात्रा तथा छात्रले समान १२/१२ हजार पुरस्कार राशीसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार र ४ हजार नगद राशी प्राप्त गर्ने छन् । दौड प्रतियोगिता सम्पन्न गर्नका लागि संस्थाका कोषाध्यक्ष प्रवेश आचार्यको संयोजकत्वमा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रा/छात्रको विद्यालयहरुलाई समेत सम्मान गरिने संयोजक आचार्यले बताए । खेलकूदको विकासँगै विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत युवालाई सहभागिता गराउने उद्देश्यले स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष त्रिभुवन पाण्डे शर्मा (सविन) ले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : २१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको