१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगितामा छात्र र छात्रा दुवैमा कालिकाका खेलाडी विजयी



बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उप महानगर कमिटीको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।

छात्र तर्फ कालिका मानवज्ञान विद्यालयका कक्षा ११ मा अध्यानरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा ११ मा अध्यानरत रक्षा थापा श्रीस प्रथम भईन ।

त्यसैगरी छात्र तर्फ गार्गी एकेडेमीका समिर रुचाल द्धितीय र नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका दिपक वि.क. तृतिय भए । छात्रा तर्फ भने नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयकी ललिता पाण्डे द्धितीय र दिप बोडिङ स्कुलकी पुष्पा बुढामगर तृतिय भईन ।

बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता मिलनचोक हुँदै पुन सोही स्थानमा आएर पुरा भएको थियो ।

विजयी विद्यार्थीहरुलाई नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीका अध्यक्ष त्रिभुवन पाण्डे, कार्यक्रम संयोजक प्रवेश आचार्य र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम बुटवल उपमहानगर ईन्चार्ज गोपाल रानाले नगद सहित सम्मान गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्ता खेल प्रतियोगिताले खेलाडिमा भएको क्षमता निखारिनुका साथै खेलाडिहरुको आत्मबल वृद्धी हुने बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ५२ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११