३० भदौ २०८३, मंगलबार | September 16, 2026

नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने



बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ ।

महासंघले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा पौष २० गते अनाथ बालकालिका आश्रमलाई खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने भएको छ । कोही भोकै मर्न नपरोस भन्ने उद्देश्यले खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने कार्यक्र राखिएको उपाध्यक्ष युवराज घतानेले जानकारी दिए ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’- भन्ने मुल नाराकासाथ २०६६ सालमा स्थापना भएको यस संस्थाले पौष २३ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमका संयोक तथा संस्थाका उपाध्यक्ष प्रेम थापा खाम्चाले बताए ।

यसैगरी बुटवलका खेलाडीहरुको मनोबल, प्रतिभा र खेल स्तरलाई वृद्धि गर्ने तथा सामाजिक क्रियाकलापमा समेत संगठनलाई आवद्ध गराउने उद्देश्यका पौष २५ गते ‘प्रथम बटौली ५ हजार मटिर दौड प्रतियोगिता’ गर्ने भएको छ । अन्तर मावि स्तरीय दौड प्रतियोमा योगिकुटीदेखि शुरुभै कालिकानगर, राजमार्ग चौराहा, मिलनचोक (सडक डिभिजन कार्यालय चोक) बाट पुनः राजमार्ग चौराहा, कालिकानगर हुँदै योगिकुटीमै आई समापन गर्नेगरी रुट तय गरिएको छ ।

दौड प्रतियोगितामा प्रथम हुनेले छात्रा तथा छात्रले समान १२/१२ हजार पुरस्कार राशीसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार र ४ हजार नगद राशी प्राप्त गर्ने छन् । दौड प्रतियोगिता सम्पन्न गर्नका लागि संस्थाका कोषाध्यक्ष प्रवेश आचार्यको संयोजकत्वमा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रा/छात्रको विद्यालयहरुलाई समेत सम्मान गरिने संयोजक आचार्यले बताए । खेलकूदको विकासँगै विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत युवालाई सहभागिता गराउने उद्देश्यले स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष त्रिभुवन पाण्डे शर्मा (सविन) ले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : २१ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज