२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आर्थिक अनियमितताको आरोप लागेका उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन



काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भने, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पु¥याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।”

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएकोमा माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको