७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ


२० पुस २०७९, बुधबार  

169
Shares

काठमाडौं । काठमाडौं जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो ।

मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौं मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता मैनालीले बताए ।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : १० बजे

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको