६ पुस २०८२, आइतबार | December 21, 2025

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार



नयाँ दिल्ली । ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् ।

एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ । ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

दिल्ली विश्वविद्यालयकी छात्रा समेत रहेकी पूर्वप्रेमिकले झगडा गरेर बोलचाल बन्द गरेपछि २२ वर्षीय सुखविन्दर आक्रोशित भएका थिए । उनीहरु पाँच वर्षदेखि सम्बन्धमा थिए ।

उनले ती महिलालाई सोमबार दिउँसो दिल्लीको आदर्श नगरमा उनको घर नजिक बोलाएर धेरै स्थानमा छुरा प्रहार गरेका अधिकारीहरूले बताए । उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

भिडियोमा ती जोडी आवासीय क्षेत्रको लेनमा हिँडिरहेको र एकअर्कासँग कुरा गरिरहेको देखाइएको छ । छोटो कुराकानीपछि, सुखविन्दरले युवतीलाई धेरै पटक छुरा प्रहार गरेको देखिन्छ ।
 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : ४९ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा