२० असार २०८३, शनिबार | July 4, 2026

देशभरका लघुवित्त पीडितहरुले बुटवलबाट गरे आन्दोलनको उद्घोष



बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलनको उदघोष गरेका छन् ।

बुटवलमा भेला भएका लघुबित्तबाट ठगिएकाहरुले लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै लघुबित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् ।

बिहीबार बुटवलको ट्राफिक चोकमा निकालिएको विरोध र्‍यालीमा सहभागीहरू महिलाहरुले पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार बन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका थिए । प्रदर्शमा महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग सहित आन्दोलन थालिएको समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।

लुघुबित्त पििडतहरुको प्रदर्शनका कारण बुटवल ट्राफिक चोकको सवारी आवागमन केहीबेर अस्तब्यस्त बनेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ५१ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा