१७ माघ २०८२, शनिबार | January 31, 2026

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०७९ पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्रमश हेमराज ढकाल उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग, तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत रहेका थिए । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : ४० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक