६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

नेपालमा संचालनमा आयो नयाँ बैंक, वन उद्यमीहरुले संचालनमा ल्याए वन उद्यम पूर्वाधार बैंक



काठमाडौं । बन पैदावारको औद्योगिकरण, व्यवसायिकरण र बजारिकण गर्ने उद्देश्यले स्थापना भएको वन उद्यम पूर्वाधार बैंकको साधारणसभा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न  गरेको छ ।

नेपालमा वनको व्यवसायिकरण गर्ने, औद्योगिकरण गर्ने र बजारिकरण समेत गर्ने उद्देश्यले स्थापना भएको पूर्वाधार बैंकले स्थानीयबासीलाई रुख रोप्न अभिप्रेरित गर्दै रोपिएका रुखको खरिद गर्ने ग्यारेण्टी सहित पहिलो पटक वन क्षेत्र बढाउन व्यवसायिको लगानी गर्ने नीति तय गरेको छ । वातावरणिय सन्तुलनलाई प्राथमिकता दिँदै खालि जग्गाहरुमा रुख रोप्ने र त्यस्ता रुखहरु हुर्केपछि त्यसैबाट वन पैदावार जन्य उद्योग संचालन गरि काठजन्य उद्योगमा नेपाललाई आत्मनिर्भर बनाउने नीति सभाले पास गरेको नवनिर्वाचित संचालक सदस्य अधिकारीले बताए । उनले नेपालमा करोडौंको काठ बिदेशबाट भित्रिने गरेको जनाउँदै निजी क्षेत्रले राज्यसँगको सहकार्यमा वन क्षेत्र बढाउँदै वन पैदावारमा नेपाललाई आत्मनिर्भर बनाउन बैंकको स्थापना भएको बताए ।

२५ करोड शेयर पुँजी रहेको बैंकमा देशभरका वन पैदावार उद्यमी र वन प्राबिधिकहरुको लगानी रहेको अधिकारीले बताए ।

साधारणसभाले कपिल प्रसाद अिधिकारी, श्यामसुन्दर ढकाल, विष्णुप्रसाद ज्ञवाली, बालकृष्ण शिवाकोटी, बासुदेव गिरि, मन्जीलबाबु मास्के, रोजिता वस्ती, राजेन्द्र प्रसाद प्रजापति, सन्नी अग्रवाल र उदयराज कंडेल सदस्य रहेको संचालक समिति पनि निर्वाचित गरेको छ ।

प्रथम साधारणसभाको वनपैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मंजिलबाबु मास्केले दियो बालेर उदघाटन गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ६ : १४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र