३ भदौ २०८३, बुधबार | August 19, 2026

नेपालमा संचालनमा आयो नयाँ बैंक, वन उद्यमीहरुले संचालनमा ल्याए वन उद्यम पूर्वाधार बैंक



काठमाडौं । बन पैदावारको औद्योगिकरण, व्यवसायिकरण र बजारिकण गर्ने उद्देश्यले स्थापना भएको वन उद्यम पूर्वाधार बैंकको साधारणसभा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न  गरेको छ ।

नेपालमा वनको व्यवसायिकरण गर्ने, औद्योगिकरण गर्ने र बजारिकरण समेत गर्ने उद्देश्यले स्थापना भएको पूर्वाधार बैंकले स्थानीयबासीलाई रुख रोप्न अभिप्रेरित गर्दै रोपिएका रुखको खरिद गर्ने ग्यारेण्टी सहित पहिलो पटक वन क्षेत्र बढाउन व्यवसायिको लगानी गर्ने नीति तय गरेको छ । वातावरणिय सन्तुलनलाई प्राथमिकता दिँदै खालि जग्गाहरुमा रुख रोप्ने र त्यस्ता रुखहरु हुर्केपछि त्यसैबाट वन पैदावार जन्य उद्योग संचालन गरि काठजन्य उद्योगमा नेपाललाई आत्मनिर्भर बनाउने नीति सभाले पास गरेको नवनिर्वाचित संचालक सदस्य अधिकारीले बताए । उनले नेपालमा करोडौंको काठ बिदेशबाट भित्रिने गरेको जनाउँदै निजी क्षेत्रले राज्यसँगको सहकार्यमा वन क्षेत्र बढाउँदै वन पैदावारमा नेपाललाई आत्मनिर्भर बनाउन बैंकको स्थापना भएको बताए ।

२५ करोड शेयर पुँजी रहेको बैंकमा देशभरका वन पैदावार उद्यमी र वन प्राबिधिकहरुको लगानी रहेको अधिकारीले बताए ।

साधारणसभाले कपिल प्रसाद अिधिकारी, श्यामसुन्दर ढकाल, विष्णुप्रसाद ज्ञवाली, बालकृष्ण शिवाकोटी, बासुदेव गिरि, मन्जीलबाबु मास्के, रोजिता वस्ती, राजेन्द्र प्रसाद प्रजापति, सन्नी अग्रवाल र उदयराज कंडेल सदस्य रहेको संचालक समिति पनि निर्वाचित गरेको छ ।

प्रथम साधारणसभाको वनपैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मंजिलबाबु मास्केले दियो बालेर उदघाटन गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ६ : १४ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार