२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रदेश १ मा आज नयाँ सरकार बन्ने



काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन् । बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति