१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा दोस्रो अधिवेशनको प्रथम बैठक सम्पन्न



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्तावमा निर्णय गरेको हो ।

गएको आर्थिक ऎनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप, एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा व्यवसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णयहरु भएका छन् ।

नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप,बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिवेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ ।

नगरसभामा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए । नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राखेको भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आवश्यक सहजीकरण गरेका थिए । नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरासभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश बश्याल, सूचना प्रविधि प्रमुख ई सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४४ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे