३ भदौ २०८३, बुधबार | August 19, 2026

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने


२४ पुस २०७९, आइतबार  

598
Shares

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो ।

रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिए । उनका अनुसार यात्रुको सङ्ख्याका आधारमा साप्ताहिक दुई दिनको उडान पनि भर्न सकिने छ । तर अझै हप्ताको कुन बार उडान हुने भन्ने निर्णय भइसकेको छैन ।

रेसुङ्गा नगरपालिका र तारा एयरको समन्वयमा पहिलो चरणका केही नियमित उडान हुनेछन् । यात्रु भएमा मात्र नियमित उडान गर्ने तारा एयरको तयारी छ । रेसुङ्गा विमानस्थलबाट सफल परीक्षण भएको र अब तारा एयरको प्राविधिक समूह आएर काम गर्नाका साथै कर्मचारी राखेपछि बढीमा दुई हप्तापछि नियमित उडान गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले बताए । “हामीले नाफाका लागि नै उडान गर्ने हो, जसका लागि पर्याप्त मात्रामा यात्रु हुनुपर्छ”, प्रवक्ता बर्तौलाले भने, “यात्रु भएमा हामीले साप्ताहिक रुपमा एक पटक र बढीमा दुई पटक नियमित उडान गर्नेर्छौं ।” उहाँका अनुसार गुल्मीदेखि काठमाडौँसम्म जहाजको यात्रा ४५ मिनेट र भाडा रु आठदेखि नौ हजारको बीचमा रहनेछ ।

रेसुङ्गा विमानस्थलमा परीक्षणका लागि सफल अवतरण गराउनुभएका पाइलट सञ्जीव श्रेष्ठले दिउँसो र साँझपख हावाको नकारात्मक प्रभाव पर्ने भएकाले बिहानी समय दिउँसो १२ बजेभित्र उडानका लागि कुनै समस्या नहुने बताए । उनले यात्रु भएमा आफूहरु नियमित उडान गर्न तयार रहेकोसमेत बताए ।

गुल्मीलाई दिगो रुपमा हवाई सेवा दिनका लागि आफूहरुले निरन्तर पहल गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । “गुल्मीको भाग्य र भविष्यसँग रेसुङ्गा विमानस्थल जोडिएको छ”, उनले भने, “नियमित उडानको तयारी भइरहेको छ, दुई हप्तापछि सुरु हुन्छ ।” यात्रुको सङ्ख्या कम भएको खण्डमा सुरुसुरुको समयमा रेसुङ्गा नगरपालिकाले सहयोग गर्नेछ । तर यात्रुका कारण नियमित उडान नरोकिने नगरप्रमुख पन्थीको दाबी छ ।

रेसुङ्गा विमानस्थलबाट १८ सिट क्षमताको जहाज उड्नेछ । परीक्षण उडानमा आइतबार गुल्मीको क्षेत्र नं १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, रामकुमारी झाँक्री, हाललाई लुम्बिनी प्रदेशका सभामुख प्रदेश सांसद डिल्लीराज भुसाल, सांसद धनेन्द्र कार्की, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) गुल्मीका संयोजक बुद्धि जिसी लगायतको समूह पनि तारा एयरमा काठमाडौँबाट आएका थिए । नगरप्रमुख बाहेकको समूह काठमाडौँ नै फर्किएका छन् ।

विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास भएको थियो । यहाँ २०७५ जेठ २५ गते तारा एयरकै जहाजले सफल रुपमा धुले उडान परीक्षण गरेको थियो । विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा विमानस्थल फैलिएको छ । कूल ३५ करोड लागतमा विमानस्थल तयार भएको आयोजना कार्यालयका इन्जिनियर दिनेश परियारले बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५४ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार