४ माघ २०८२, आइतबार | January 18, 2026

चोरी आर‍ोपमा तीन जना पक्राउ



सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका-१ डुमरी शिवथान टोल बस्ने ३० वर्षीय मनोज साह, सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष भन्ने श्रीराम यादव र २५ वर्षीय दिपेन यादव रहेका छन्  ।

उनीहरुको साथबाट साइकल १ थान, बोरिङको सकेट ३ थान, कल २ थान, तारसहितको कृषि मिटर १ थान र पानी तान्ने प्लाष्टिकको पाइप १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनै जनालाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । उनीहरुले पुस २० मा राजविराज नगरपालिका-१ डुमरी शिवथान बस्ने राजकुमार साह, सोही ठाउँका रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साहको खेतमा रहेको कृषि मिटर, बोरिङको सकेट, पाइप, कल तथा राजकुमार साहको घरबाट साइकल समेत चोरी गरेको प्रहरीको भनाई रहेको छ । पछिल्लो केही दिन यता जिल्लामा च‍ोरीका घटना बढेका छन् ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १२ : ४१ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२