७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबार बसेको पार्टी सचिवालय बैठकले पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसको रुपन्देहीमा चर्को विरोध भएको थियो । स्थानीय नेता-कार्यकर्ताको तीव्र आलोचना र दबाबपछि पार्टीले निर्णय पुनरावलोकन गर्दै पौडेललाई रुपन्देहीमै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विष्णु पौडेल रुपन्देही-२ बाट उम्मेदवार बन्ने निश्चित भएसँगै रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको टुंगो लागेको छ । पार्टीका अनुसार रुपन्देही-१ बाट दधिराम न्यौपाने, रुपन्देही-२ बाट बिष्णुप्रसाद पौडेल, रुपन्देही-३ बाट बासुदेव घिमिरे, रुपन्देही-४ बाट सुनिता थठेर र रुपन्देह-५ बाट खिमलाल भट्टराई उम्मेदवार तय भएका छन् ।

पौडेल रुपन्देहीबाटै उम्मेदवार भएपछि पाल्पा-२ मा एमालेको उम्मेदवार को हुने भन्ने विषयमा भने पुनः निर्णय गर्नुपर्ने भएको छ । नेकपा एमालेकी सचिव पद्या अर्यालका अनुसार पाल्पा-२ को उम्मेदवारबारे पार्टीभित्र छलफल जारी छ ।

“कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ, अहिलेसम्म टुंगो लागेको छैन,” अर्यालले भनिन् ।

पाल्पा-२ बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ठाकुर गैरे विजयी भएका थिए । अब उक्त क्षेत्रमा नयाँ उम्मेदवार तय गर्न एमालेले चाँडै निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११