२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एमाले, कांग्रेस, माओवादीकाे कार्यकर्ता नभएकै कारण रेशम चौधरीलाई झुठा मुद्दा लगाइयो : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन उनले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको बताएकी छन् ।

चौधरीकी पत्नीसमेत रहेकी उनले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन् । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताए ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनले आरोप लगाइन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दाेष रहेको बताएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : २१ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले