१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्न चौतारी रुपन्देहीको माग



भैरहवा । प्रेस चौतारी नेपाल, रुपन्देहीले निर्वाचनमा उम्मेदवार बनेको सम्पूर्ण पत्रकारहरुको सदस्यता खारेज गर्न माग गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारीले पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महासंघको सदस्य रहेका केही पत्रकार उम्मेदवार तथा राजनीतिक दलको प्रतिनिधि रहेको र यसरी उम्मेदवार दिएका पत्रकारहरुको सदस्यताका बारेमा महासंघको धारणा के छ भन्दै प्रश्न गरेको छ ।

पत्रकार महासंघका कुनै पनि संरचनामा रहेको पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय महासंघको यसअघिको बैठकले गरेको कुरालाई स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयन भए/नभएको बारे समेत चौतारीले ज्ञापनपत्रमार्फत जिज्ञासा राखेको छ ।

रुपन्देहीमा पनि महासंघको सदस्य रहेका विभिन्न व्यक्ति निर्वाचनमा उम्मेदवार रहेको भन्दै चौतारीले महासंघलाई विधानमा रहेको व्यवस्था कडाइका साथ पालना गर्न/गराउन तथा उम्मेदवारी दिएका वा दलका कुनै पनि विभाग वा कमिटीमा रहेका पत्रकारहरुको छानबीन गरी सदस्यता अविलम्ब खारेज गर्नुपर्ने चौतारीको माग छ ।

अन्यथा प्रेस चौतारी नेपाल, रुपन्देहीले थप दबाबमुलक कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने कुरा व्यवस्था छ ।

राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्दीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने व्यवस्था छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

उक्त व्यवस्थाअनुसार महासंघले उम्मेदवार बनेका, राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रहेका पत्रकारहरुलाई महासंघले कारवाही अगाडि नबढाइएको पाइएको प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

महासंघको निर्णयबमोजिम उम्मेदवार भएका पत्रकारले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेका समाचार पनि सार्वजनिक भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सदस्यताबारे महासंघ गम्भिर रहेको बताए । उनले महासंघ सदस्यता शुद्दीकरणमा लागेको बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ५५ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्